प्रम देउवाको प्रश्नः आफू मन्त्रिपरिषद्मा रहँदा भीम रावलले किन एमसीसी पास गरेको ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको हितमा रहेको आफ्नो धारणा दोहो¥याउनुभएको छ ।

उनले आज नुवाकोटको किस्पाङ गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै सो धारणा राखेको हो ।

सो कार्यक्रममा उनले हालै प्रतिनिधिसभाबाट पारित भएको उक्त एमसीसी परियोजनाका बारेमा गरिएका नकारात्मक टिप्पणीहरु भ्रममात्र भएको पनि स्पष्ट गरे ।

उनले यस परियोजनाको विरोध गर्ने एमाले नेता भीम रावलले आफैं मन्त्रिपरिषद्मा रहँदा सो परियोजना पास गरेको तर अहिले आएर विरोध मात्र गरेको प्रसंग उल्लेख गरे ।

प्रधानमन्त्री देउवाको प्रश्न थियो, ‘आफैं मन्त्री भएका बेला मन्त्रिपरिषद्बाट पास गरेका भीम रावलले त्यसबेला किन आलोचना गरेनन् ? त्यतिबेला राजीनामा नदिएर के हेरेर बसेको ?’ देउवाले आक्रोशित हुँदै भने, ‘आफू पार्टीको नेता र मन्त्री हुँदा आफैंले मन्त्रिपरिषद्बाट पारित गर्ने अनि अहिले किन विरोध गर्दैछन् ? विरोध गर्ने भए त्यसैबला मन्त्रीबाट राजीनामा दिएर बाहिर आउनुपर्दैनथ्यो ?’

प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा ल्याएको प्रस्तावलाई आफूले पारित गरेको पनि स्पष्ट गरे ।

प्रधानमन्त्री देउवाले रावल मन्त्री हुँदा एमसीसीको प्रक्रिया अघि बढेको पटक पटक सुनाए । उनले सो कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा एमसीसीका बारेमा जवाफ दिनैपर्ने भो भन्दै पूर्वमन्त्री एवं एमाले नेता रावलप्रति आक्रोश पोखेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स