१ लाख म्यादी प्रहरी भर्ना लिन स्वीकृति प्रदान, यस्ता व्यक्ति छन् पहिलो प्राथमिकतामा

काठमाडौं । अर्थ मन्त्रालयले स्थानीय तहको निर्वाचनका लागि १ लाख म्यादी प्रहरी भर्ना गर्न स्वीकृति दिएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार एक लाख संख्यामा म्यादी प्रहरीको आवेदन चैत पहिलो सातामा हुने गरी मन्त्रालयले स्वीकृति प्रदान गरेको हो ।

सरकारले स्थानीय निर्वाचनमा ४० दिनका लागी म्यादी प्रहरीलाई भर्ना लिने भएको छ ।

चुनावमा खटिने म्यादीले ४० दिन काम गरेपछि ३० हजार २ सय ८० रुपैयाँ तलब पाउँछन् ।

रासन बापत उनीहरुलाई ७ हजार उपलब्ध गराउने कार्यविधि तयार गरिएको छ । उनीहरुले ६ हजार बराबरको लत्ता कपडा र १ हजार गाडी भाडा पाउँछन् । दुई जोर जुत्ता, मोजा, झुल र स्ल्पिङ ब्याग उपलब्ध गराउने कार्यविधि तयार गरिएको छ ।

रासन र कपडा सहित एकजना म्यादी प्रहरीका लागी राज्य कोषको ४४ हजार ४ सय ८० रुपैयाँ छुटाएको छ ।

म्यादी प्रहरीका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीमा आवेदन दिएर मेडिकल पास गरेका मानिसहरू पहिलो प्राथमिकतामा छन्।

दोस्रो, प्राथमिकतामा पूर्वप्रहरी, सेनाबाट निवृत्त भएका वा जागिर छोडेका पर्छन्।

तेस्रो, प्राथमिकतामा विदेशी सुरक्षा निकायमा काम गरेर सेवा निवृत्त भएका वा जागिर छोडेर आएका पर्छन्।

चौथो, प्राथमिकतामा सुरक्षा निकायमा भर्ना हुनका लागि न्यूनतम् मापदण्ड पूरा हुन सक्ने व्यक्तिहरू पर्छन्।

 

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स