के तपाई भिजिट भिषामा विदेश जादैं हुनुहुन्छ ? अब निम्न अनुसारका व्यक्ति मात्र जान पाउने (सूची सहित)

काठमाडौं । गृह मन्त्रालयले भिजिट भिषामा विदेश जानका लागि १८ बुँदे निर्देशन जारी गरेको छ । । मन्त्रालयले बिहिबार सचिव स्तरीय निर्णय गर्दै भिजिट भिषामा विदेश जानको लागि १८ बुँदे निर्देशन जारी गरेको हो ।

गृहसचिव टेकनारायण पाण्डेले भिजिट भिसासम्बन्धी मापदण्ड तथा कार्यविधिलाई परिमार्जन गर्न बनाइएको कार्यदलको प्रतिवेदनको आधारमा यो निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

यस्तो छ मन्त्रालयले जारी गरेको १८ बुँदे निर्देशनः

१. खाडी मुलुक भन्दा बाहिर कम्तीमा एक पटक र खाडी मुलकको हकमा दुई पटक विदेश यात्राको अभिलेख भएका व्यक्तिहरु

२. न्यूनतम २ वर्ष भन्दा बढी समय विदेशी मुलुकमा व्यतित गरेको अभिलेखबाट प्रमाणित हुने व्यक्तिहरु

३. न्यूनतम माध्यमिक तहको (कक्षा १२) औपचारिक शिक्षा वा सो सरहको प्राविधिकरव्यावसायिक सीप दक्षता भई आधिकारिक निकायबाट प्रमाणिकरण भएका वा उच्च शिक्षा हासिल गरेका, अध्येता, विज्ञ/प्राविधिक, व्यक्तिहरु

४. अंग्रेजी वा गन्तव्य मुलुकमा बोलिने अन्तराष्ट्रिय भाषाको राम्रो सीप भएका व्यक्तिहरु

५. आफ्नो एकाघरको नातेदारका साथमा भ्रमणमा जाने तथा एकाघरको व्यक्तिको आमन्त्रण र प्रायोजनमा जाने व्यक्ति एकाघरका आमा बाबु, सासु ससुरा, छोरा छोरी, श्रीमान श्रीमती र वैदेशिक रोजगारमा रहेकाहरुको नातेदार समेत

६. गन्तव्य मुलुकमा रहेको राजदूतावास र नियोगबाट प्रमाणित कागजात सहित शिफारिस भएका व्यक्तिहरु

७. सरकारी कामको सिलसिलामा विदेश भ्रमण गर्ने सरकारी निकायका प्रतिनिधिहरु

८. अन्तराष्ट्रिय कारोवार गर्ने बैंक तथा वित्तिय संघ संस्थाका प्रतिनिधि एवं अन्तराष्ट्रिय गैरसरकारी संघ संस्थाका प्रतिनिधि भई भ्रमण गर्न जाने प्रतिनिधिहरु।

९. नेपालमा सामान आयात(निर्यात गर्ने व्यावसायिक संस्थाका प्रतिनिधिहरु र व्यवसायिक कम्पनीरफर्मका सञ्चालक वा व्यवसायीहरु (एकाघरका आमा बाबु, सासु ससुरा, छोरा छोरी, श्रीमान श्रीमती)।

१०. प्रचलित कानुन बमोजिम स्थापित संगठित संस्थाको नेतृत्व वा प्रायोजनमा आफ्ना सदस्यहरुरकर्मचारीहरु समूह बनाई खाडी राष्ट्र र मलेसिया भ्रमण कार्यक्रममा जान अध्यागमन विभागबाट पूर्व स्वीकृति प्राप्त गरेका ब्यक्तिहरु,

११. ट्राभल एजेन्सीको घोषित टूर(प्याकेजमा निर्धारित भ्रमण कार्यक्रम सम्पन्न भएपछि फर्काउने प्रतिवद्वता र जिम्मेवारी स्वघोषणा गरेका सूचीमा संलग्न व्यक्ति (तर खाडी मुलुक र मलेसियाको हकमा अध्यागमन विभागको पूर्व स्वीकृति आवश्यक पर्नेछ।)

१२. वार्षिक न्यूनतम ५ लाख रुपैया कर योग्य आय भै कम्तिमा सो को आधा रकम बैंक खातामा वचत भएका र नेपालको कर प्रणालीमा आवद्वता भएका व्यक्तिहरु,

१३. औद्योगिक तथा व्यवसायिक गतिविधिमा अन्तर्राष्ट्रिय सञ्जालमा आवद्व संस्थासँग सम्बन्धित आधिकारिक प्रतिनिधिहरु कर्मचारी र एकाघरका आमा बाबु, सासु ससुरा, छोरा छोरी, श्रीमान श्रीमती

१४. वैदेशिक रोजगार व्यवसायको बजार प्रवर्द्धनको लागि जाने म्यानपावर व्यवसायीहरु (संचालक वा आधिकारिक प्रतिनिधि, एकाघरका आमा बाबु,सासु ससुरा, छोरा छोरी, श्रीमान श्रीमती मात्र)

१५. नेपाली दूतावासको शिफारिश बमोजिम बिरामी कुरुवा वा रेखदेखको कार्य गर्नजाने तीन पुस्ता भित्रका पारिवारिक सदस्यहरु

१६. खाडी मुलुक। मलेसिया, अफ्रिकन मुलुक र जोखिम भएका मुलुकहरुको भ्रमणमा जाने खेलाडी तथा कलाकारहरुको हकमा आयोजकबाट आधिकारिक निमन्त्रणा वा प्रायोजन पत्र प्राप्त गरेका सूचीमा संलग्न व्यक्ति (आयोजकको आमन्त्रण र प्रायोजन सम्बन्धी कागजात वेवसाईटरअनलाईन रुजु हुनुपर्ने अथवा सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगबाट प्रमाणितरसिफारिश भएको हुनुपर्ने सो नभएमा सम्बन्धित निकायको शिफारिशमा अध्यागमन विभागबाट पूर्व स्वीकृति प्राप्त हुनुपर्ने । यसरी समूह वा व्यक्तिगतरुपमा भ्रमणमा जाने विषयमा शिफारिश गर्दा शिफारिश गर्ने निकाय जिम्मेवार रहने)

१७. माथि बुदा नं ९१५० मा उल्लेख भएको मापदण्ड वा आधारमा नपर्ने व्यक्तिको हकमा अध्यागमन विभागबाट अनिवार्य रुपमा पूर्व स्वीकृति प्राप्त गरेपछि मात्र भीसा तथा हवाई टिकट सम्बन्धी प्रकृया अगाडी बढाउन सम्बन्धित सरोकार पक्षलाई सुसूचित गर्ने।

१८. माथी उल्लिखित बुदाँहरुको कार्यान्वयन गर्दा दुविधा भएमा अध्यागमन कार्यालयका प्रमुखले विभागका महानिर्देशकको पूर्व स्वीकृति लिई आवश्यक निर्णय गर्न सक्ने।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स