काठमाडौं । राष्ट्रिय भूमि आयोगले १९९ जना कर्मचारी माग गरेको छ ।
आयोगले बुधबार एक सूचना प्रकाशित गरि करारमा सर्वेक्षक र अमिन पदका लागि १९९ जना कर्मचारी माग गरेको हो ।
आयोगले करारमा नियुक्त गर्ने गरी १२६ सर्वेक्षक र ७३ अमिनका लागि आवेदन माग गरेको हो ।
इच्छुक र योग्य व्यक्तिले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र दरखास्त दिनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
आवेदकले ताहाचलस्थित राष्ट्रिय भूमि आयोगको कार्यालयमा दरखास्त बुझाउनुपर्ने छ ।
(यस्तो छ सूचना)