हात्तीपाइले रोग निवारण नभएपछि औषधी खुवाइदै

काठमाडौं । सरकारले १० जिल्लाका ६२ लाख ६३ हजार नागरिकहरुलाई हात्तीपाइले रोग विरुद्वको औषधी खुवाउने भएको छ ।

आगामी फागुन २८ गतेदेखि हात्तीपाइले रोग विरुद्वको औषधी खुवाउने अभियान संचालन गर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चमनलाल दासले बताए । उनको अनुसार कपिलवस्त, दाङ, मोरङ, कैलाली, बाँके, झापा, बारा, लमजुङ, पर्वत र बागलुङ जिल्लाहरुमा खोप कार्यक्रम संचालन हुनेछ ।

कार्यक्रम संचालनका लागि ४ हजार ७ सय स्वास्थ्यकर्मीहरु परिचालन हुनेछन् । विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्ममा विश्वबाटै हात्तीपाइले रोग निवारण हुने लक्ष्य लिए पनि नियन्त्रणमा नआएकाले औषधी खुवाउने कार्यक्रम संचालन गर्नु परेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स