काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७३० जनामा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमा काठमाडौंमा ५२२, भक्तपुरमा ६३ र ललितपुरमा १५४ संक्रमित थपिएका हो । योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या ११ हजार ७८६ पुगेको छ ।
देशभर थप २,२१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ ।