काठमाडौं । नेपालमा थप २,२१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ८ हजार ८८ पीसीआर परीक्षण गर्दा १ हजार ७९३ जना र ४ हजार १८ एन्टिजेन परीक्षण गर्दा ४ सय १९ गरी २ हजार २१२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ ।
त्यस्तै, एक हजार ८६७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।