काठमाडौं । कोभिड-१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा लगाइएको आंशिक निषेधाज्ञा पूर्णरूपमा हटाइएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज (शुक्रबार) एक सूचना जारी गर्दै काठमाडौं, ललितपुर र भक्तपुरमा यसअघि जारी भएका सबै प्रतिबन्धात्मक व्यवस्था पूर्ण रूपमा हटाइएको जानकारी गराएको हो ।
उपत्यकामा कोरोना संक्रमण घट्दै गएपछि फागुन २१ गते शनिबारदेखि लागू हुनेगरी कानून बमोजिमका राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक तथा व्यावसायिक क्रियाकलाप स्वास्थ्य मापदण्डको पूर्ण पालना गरि सञ्चालन गर्न/गराउन सूचनामा उल्लेख गरिएको छ ।
कोरोना संक्रमण बढ्दै गएपछि गत माघ २३ गतेदेखि आंशिक रुपमा स्मार्ट लकडाउन गरिएको थियो ।