एजेन्सी । पाकिस्तानी मूलका अर्बपति मोहम्मद जहूर यूक्रेनमा ‘स्टील किंग’ र मनोरञ्जन उद्योगका एक प्रतिष्ठित हस्ती हुन् ।
उनकी श्रीमतीले सन् २००८ मा मिसेस वल्र्डको उपाधी जित्नुका साथै एक चर्चित गायिका पनि हुन् । मोहम्द जहूरको यूक्रेनी राष्ट्रपति र प्रधानमन्त्रीसँग घनिष्ठ सम्बन्ध रहेको छ । उनले विगत ११ वर्षदेखि यूक्रेनमा म्यूजिक अवार्ड पनि आयोजना गर्दै आइरहेका छन् ।
रुसले यूक्रेनमा आक्रमण गर्नु २ दिन अघि उनी आफ्ना जुम्लिया छोरी लिएर लन्डन गएका छन् । उनको पत्नी यूक्रेनको सिमा क्षेत्रमा छिन् र मुलुक छोड्ने कोशिशमा छिन् ।
कराचीको छात्राको यूक्रेनमा धनी व्यक्ति बन्ने यात्रा
पाकिस्तानको कराचीका मोहम्मद जहूर स्टील दुनियका चर्चित हस्ती हुन् । उनी सन् २००८ सम्म स्टील करोबारमा रहेका छन् । यूक्रेन तथा बेलायतसहित संसारको कयौं देशमा उनको स्टील उद्योग थियो । हाल उनी संसार भर स्टील कारोबार गर्नेहरुलाई सल्लाह र सुझाव दिने काम गर्छन् । साथै, विभिन्न क्षेत्रमा लगानी पनि गर्दै आइरहेका छन् । उनले यूक्रेनमा लामो समयसम्म ‘कीएव पोस्ट’ नामक पत्रिका चलाएका थिए । उनको दावी छ कि पत्रिका आफ्नो निष्पक्ष नीति र सरकारको आलोचानका कारण लोकप्रिय भएको थियो । पछि उनले पत्रिका पनि बिक्री गरे ।
मोहम्मद जहूरका पहिलो पत्नी रुसको मस्कोमा बस्छिन् । उनी मस्कोमा १३ वर्ष बसिकेका छन् । त्यहाँ पनि उनका निकट साथीहरु छन् ।
कराचीदेखि यूक्रेनको यात्रा
मोहम्मद जहूरको जन्म पाकिस्तानको सबैभन्दा ठूलो सहर कराचीमा भएको हो । उनी आफू सफल हुनुको पछाडि बुवाको शिक्षा, आमाको आर्शिवाद र अल्लाहको चाहानाबाट भएको बताउँछन् ।
उनका बुवा उच्च सरकारी ओहोदामा कार्यरत भए पनि उनको बाल्यलकाल औसत थियो । मोहम्मद जहूरको पाकिस्तानबाट बाहिर निस्किने यात्राको सुरुवात सन् १९७४ मा सोभियत संघमा इन्जिनियरिङ अध्ययन लागि भएको थियो । तत्कालिन समयमा उनी कराचीको एनईडी यूनिभसिटी इन्जिनियरिङका प्रथम वर्षका छात्र थिए ।
छात्रवृत्तिका लागि ४२ विद्यार्थी छनोट भएका थिए । तीमध्ये केही विद्यार्थी सेन्ट पिटर्सबर्ग, मस्को र डेनेट्स्क पठाइएको थियो । जसमा जहूर पनि थिए ।
अध्ययनका क्रममा उनले आफूसँगै अध्ययन गर्ने एक छात्रासँग बिहे गरे । बिहेपछि उनको श्रीमती उनीसँगै पाकिस्तान आएर बसेकी थिइन् । अध्ययन पुरा गरेपछि ५ वर्ष पाकिस्तानको स्टील मिलमा काम गर्नु पर्ने उक्त छात्रावृत्तिको सर्त रहेको थियो ।
पाकिस्तान स्टील मिलमा पहिलो जागिर
सोभियत संघबाट शिक्षा प्राप्त गरेर पाकिस्तान फर्केपछि उनले पहिलो पटक स्टील मिलको सुरक्षा विभागमा पोस्टिङ पाएका थिए । त्यसपछि उनको सरुवा निर्माण विभागमा भएको थियो । दुवै विभागको काम उनको अध्ययनसँग सम्बन्धित थिएन ।
उनले मेटलर्जीमा इन्जिनियरिङ गरेका थिए । तर उनलाई शिक्षा र सिप अनुसारको काम दिइएन । उनले विपरीत परिस्थितिका बाबजुत प्रशंसनिय र उत्कृष्ट काम गरे । उनले जागिर छोड्ने मनसाय पनि बनाएका थिए । तर, स्टील मिलका अध्यक्षले उनको राजीनामा पत्र ७ पटक अस्विकार गरेका थिए ।
सोभियत संघ फिर्ती
यसबीच रुसको राजधानी मस्कोको एक कम्पनीलाई पाकिस्तानमा व्यापार गर्नका लागि सहयोगी भूमिका निर्वाह गर्ने व्यक्तिको खाँचो छ । रुसी भाषामा दख्खल हुनुका साथै क्षमतावान भएकाले उक्त कम्पनीमा उनको चयन भयो । जागिर खानका निम्ति उनी ८० को दशकमा मस्को पुगे ।
त्यहाँ उनले स्पेयर पार्ट्सको आपूर्ती गर्ने कम्पनीमा काम सुरु गरे । उनले आफ्नो कम्पनीसँग रुसबाट पाकिस्तान स्टील निकासी गर्दा फाइदा हुन सक्ने जानकारी दिए । उनको प्रस्ताव कम्पनीले स्वीकार गर्यो । पहिलो जागिर स्टील उद्योगबाट सुरु गरेकाले त्यस प्रति उनको लगाव कायम नै थियो । साथै, पाकिस्तानका स्टील उद्योगीहरुसँग पनि उनको राम्रो सम्बन्ध थियो ।
उनको कम्पनीले पाकिस्तानमा स्टील निर्यात सुरु गर्यो । उक्त व्यापारको बदलमा पाकिस्तानबाट नगद भुक्तानीको साटो कपडा आउँथ्यो । उक्त सौदाबाट कम्पनीले अथाह नाफा प्राप्त गर्यो ।
३ वर्षको भित्रमा उनको तलब १ हजारबाट बढेर बोनससहित ५० हजार डलर भएको थियो । कार्यालय आउने जाने, घर भाडा र अन्य खर्च गरी कम्पनीले उनी माथि मासिक डेढ लाख डलर लगानी गरेको उनी स्मरण गर्छन् ।
यसबाट मात्र उनी सन्तुष्टि हुन् सकेनन् र जागिर छोडेर आफै ब्यापार गर्ने योजना बुन्न थाले ।
तत्कालिन समयमा उनले थाइल्याण्डका एक व्यापारीसँग मिलेर कम्पनी स्थापना गरे । जसमा ती व्यक्तिको ५१ प्रतिशत र उनको ४९ प्रतिशत सेयर रहेको थियो ।
यसरी उनको स्टीलको दुनियाँमा राज गर्ने यात्रा सुरु भयो । विस्तारै यूरोप र पछि संसार भर उनको अफिस खुल्ने क्रम सुरु भयो ।
स्टील किंग
सन् १९९६ मा उनले डोनेट्स्कमा उही स्टील मिल खरिद गरे, जहाँ उनले छात्र जीवनमा अन्तिम प्रेक्टिकल पूरा गरेर डिग्री लिएका थिए ।
डोनेट्स्क स्टील मिलको उनी मालिक त बनेका थिए । तर, उक्त मिलको हाल धेरै खराब थियो । उनीको मिहिनेत र लगावले उक्त मिल अत्याधुनिक र सान्दार मिल बन्यो । त्यस पछि उनले साथीहरुसँग मिलेर अमेरिका र विश्वका विभिन्न देशमा स्टील मिल खोले । जुन सफल हुँदै गइरहेको थियो । त्यससँगै यूक्रेनमा पनि उनको सम्बन्ध विस्तार भइरहेको थियो ।
त्यसै क्रममा आर्थिक परिस्थितिका कारण चलिरहेको अखबार ‘कीएव पोस्ट’ बन्द हुने स्थितिमा पुग्न लागि सकेको थियो । त्यस अखबारलाई खरिद गरेर उनी मिडिया उद्योगमा प्रवेश गरे ।
कीएव पोस्टको लोकप्रियता र बिक्री
तत्कालिन समयमा यूक्रेनमा कीएव पोस्ट चलाउन निकै मुस्किल थियो । लगानीसँगै उनले अखबारको सम्पादकिय व्यवस्थालाई स्वतन्त्र छोडिदिए । उनले आफ्नो सम्पादकिय टिमलाई निष्पक्ष रहेर सान्दार अखबार चलाउन भनेका थिए । त्यस साप्ताहिकको सर्कुलेसन ३० हजार थियो । उक्त समय यूक्रेनको जनसंख्या ४ करोड थियो ।
तर लामो समय अखबार सफलतापूर्वक चलाउनुका बाबजुत त्यसलाई उनले बिक्री गरे । सरकारको कडा आलोचना गरेका कारण उनको अखबार यूक्रेनमा चर्चित भएको थियो । अखबार बन्द नगर्ने र यसको स्वतन्त्र नीति जारी रहने सर्तमा उनले बिक्री गरे । तर केही कारणले गर्दा अखबार बन्द हुन पुग्यो । अखबरालाई पुन लन्च गर्ने भन्ने चर्चा चलिरहेको उनले बताए ।
शिखरमा स्टील मिल बिक्री
सन् २००८ मा चीनले ओलम्पिकको आयोजना गर्दै थियो । यसको तयारीका लागि चीनले संसारभरबाटै स्टील खरिद गरिरहेको छ । उनले पनि चीनमा धेरै स्टील बिक्री गरे । स्टील खरिदका साथै चीनमा तीव्रगतिमा स्टील मिल खुल्ने क्रम पनि बढी रहेको थियो । चीन सरकारले पनि स्टील उद्योगमा लगानी बढाइरहेको थियो ।
चीनमा स्टील मिलको उदयसँगै स्टील मिलमा गरिने लगानी फाइदाजन नहुने उनले पूर्व अनुमान लगाइसकेका थिए ।
त्यस परिस्थितिलाई अग्रिम रुपमा बुझ्दै उनले सन् २००८ मा आफ्नो स्टील कारोबार पूर्ण रुपमा बिक्री गरे । त्यस समयसम्म उनी कम्पनीको एकल मालिक बनिसकेका थिए । सन् २००४ मा उनले आफ्नो पार्टनरको सम्पूर्ण सेयर खरिद गरिसकेका थिए । समयले पनि उनले गरेको निर्णय सहि सावित गरिदिएको छ । उनको लगानी करिब १० करोड डलर बराबरको थियो ।
बीबीसीको सहयोगमा