नेपाल बैंकको रिक्त रहेको पदमा नयाँ कर्मचारी माग, कक्षा १२ उत्तीर्णले पनि आवेदन दिन सक्ने (सूचना सहित)

काठमाडौं । नेपाल बैंकले रिक्त रहेको पदमा नयाँ कर्मचारी माग गरेको छ । बैंकले शुक्रबार एक सूचना जारी गर्दै एकैपटक ३०३ जनाको संख्यामा कनिष्ठ सहायकदेखि सहायक प्रबन्धक तहसम्मका लागि कर्मचारी माग गरेको हो ।

बैंकले कक्षा १२ उत्तीर्णदेखि स्नातकोत्तर गरेका सम्मका लागि अनलाइन मार्फत दरखास्त फारम भर्न पाउने गरी आवेदन खुलाएको हो ।

बैंकले जारी गरेको सूचना अनुसार ७ वटै प्रदेशका लागि ४ तहमा कर्मचारी माग गरिएको छ । प्रदेश १ का लागि ३१ जना, मधेस प्रदेशका लागि ३१ जना, वागमति प्रदेशका लागि ५१ जना र गण्डकी प्रदेशका लागि १० जना माग गरिएको छ ।

त्यस्तै लुम्बिनी प्रदेशका लागि २१ जना, कर्णाली प्रदेशका लागि २ जना र सूदुरपश्चिम प्रदेशका लागि २ जना माग गरिएको छ । प्रदेश अनुसारको पदमा आवेदन दिन ब्यवस्थापन वा अर्थशास्त्रमा स्नातक उत्तिर्ण गरेको हुनुपर्नेछ ।

महिला ८, आदिवासी जनजाती ७, मधेसी ६, दलित २, अपांग र पिछडिएको क्षेत्रबाट एक एक जना माग गरिएको छ ।

छैठौं तहकै लागि बैंकले सीए उत्तिर्ण माग गरेको छ । सहायक प्रबन्धककै यो तहका लागि २ जना माग गरिएको छ ।

सूचना प्रविधिमा चौथो तहका २ जना माग गरिएको छ ।

बैंकले ९१ जना कनिष्ठ सहायक मागेको छ । जसअनुसार प्रदेश १ मा १६, मधेसमा १५, बागमतीमा २७, गण्डकीमा १२, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदूरपश्चिममा ५ जना माग गरिएको छ।यसमा कक्षा १२ उत्तीर्ण र अनुभव पनि माग गरिएको छ ।

बैंकले जारी गरेको सूचना अनुसार इच्छुक र योग्य नागरिकले फागुन २० गतेदेखि चैत १० गतेसम्म अनलाइनमार्फत आवेदन दिनसक्ने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स