रेखा थापा सहित १४ जना राप्रपा केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १४ जनालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा १४ जना केन्द्रीय सदस्य मनोनीत गरेका हुन् ।

केन्द्रीय सदस्यमा मनोनीत हुनेमा लीलादेवी श्रेष्ठ, विन्दु पौडेल, रेखा थापा, प्रेक्षा मल्ल, मीना झा, सन्तोषी शाही ठकुरी, स्वाती थापा, पुष्पा रजौरिया, लक्ष्मी तण्डुकार, समृद्धि राणा, मीना न्यौपाने, शान्ति माया गुरुङ, जयाकुमारी महतो र सावित्रा थापा रहेका छन् ।

राप्रपा महाधिवेशनमा महामन्त्रीमा पराजित भएकी रेखा थापा मनोनीत हुने १४ जनामा तेस्रो नम्बरमा उनको नाम रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स