आकाशमा उडिरहेको हेलिकोप्टरमै बच्चा जन्मिएपछि….

कर्णाली । सुत्केरी हुन नसकेर उद्धार गरिएकी मुगुको खत्याड गाउँपालिका- ४ स्थित जुका गाउँकी २० वर्षीय धनलक्ष्मी रावलले हेलिकोप्टरमै बच्चा जन्माएकी छिन् ।

मुगुदेखि सुर्खेतसम्मको ४० मिनेटको आकाशको यात्रामा हेलिकप्टरमा चढेको ३० मिनेटपछि उनीले छोरा जन्माएको चालक प्रमुख सेनानी रचन श्रेष्ठलाई उद्रित गर्दै सुर्खेतस्थित नेपाली सेनाको पश्चिम कमाण्डका सेनानी बेलिना मल्लले जानकारी दिए ।

उनका अनुसार बच्चा उल्टो भएर सुत्केरी हुन नसकेपछि रावललाई सुर्खेतदेखि हेलिकप्टरबाट उद्धार गरिएको थियो । ‘

सुत्केरी रावललाई १८ घण्टा लामोसमयसम्म व्यथा लागेर छट्पटिएको अवस्थामा हेलिकप्टरबाट उद्धार गरिएको हो,’ उनले भने, ‘थप उपचारका कर्णाली प्रदेश अस्पतालमा भर्ना गरिएका आमा छोरा दुवैको स्वास्थ्य अहिले सामान्य रहेको छ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स