सेनाद्वारा बनेपामा भेटिएको शंकास्पद वस्तु निष्क्रिय, दुई व्यक्ति पक्राउ

बनेपा । काभ्रेपलाञ्चोकको बनेपा बजार नजिकै पुलबजारमा आज बिहानै अरनिको राजमार्गमा राखिएको शंकास्पद वस्तु सेनाले निष्क्रिय पारेसँगै अवरुद्ध यातायात चलेको छ ।

आज गरिएको नेपाल बन्दको क्रममा बिहान बनेपा पुलबजारमा शंकास्पद वस्तु राखेर सडकमा यातायात अवरुद्ध गरिएको थियो ।

शंकास्पद वस्तु कालिजङग गण धुलिखेलका नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेसँगै ९ः३० बजेबाट यातायात चलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले सो शंकास्पद वस्तु राखेको व्यक्ति पक्राउ गरिसकेको बताए ।

अनुसन्धानको क्रममा शंकास्पद बस्तु राखेर भागेको व्यक्ति महाभारत गाउँपालिका-६ स्थित लामाटोल बस्ने युगान्त थिङ र अर्का विवेक थिङलाई पक्राउ गरिएको छ ।

बिहान राजमार्गमा शंकास्पद वस्तु राखेर भागेको अवस्थामा सिसिटिभिको फुटेजको सहायताले उनीहरुले प्रयोग गरेको बागमती प्रदेश ०२–०२७ प ८७७४ नं को मोटरसाइकलसहित नियन्त्रणमा लिएको प्रहरी प्रमुख जोशीले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स