ई–सेवा ट्राभल्स् एण्ड टुर्सको ब्राण्ड एम्बेष्डरमा क्याप्टेन विजय लामा

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामा ई–सेवा ट्राभल्स् एण्ड टुर्सको ब्राण्ड एम्बेष्डरमा नियुक्त भएका छन् । शुक्रबार एक कार्यक्रमकाबीच ब्राण्ड एम्बेष्डर नियुक्त सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । कार्यक्रममा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुुभास सापकोटा र क्याप्टेन विजय लामाबीच सम्झौतापत्रमा हस्ताक्षर भयो ।

क्याप्टेन विजय लामा ब्राण्ड एम्बेष्डर नियुक्त भएसँगै अन्तराष्ट्रिय हवाइ टिकट क्षेत्रमा थप पारदर्शिीता कायम हुनुका साथै आम मानिसले कम मूल्यमा सहज रुपमा टिकट काट्न सक्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा बोल्दै ई–सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने ‘विजय लामा जस्तो बहुआयामिक व्यक्तिलाई ब्राण्ड एम्बेष्डर बनाउन पाउँदा हामीलाई गर्व महशुस भएको छ । कार्यक्रममा एफवान थप पारदर्शीता, सुलभता र सहजता ल्याउन सहयोग पुग्ने अपेक्षा गरेका छौं ।

यस्तै कार्यक्रममा ब्राण्ड एम्बेष्डर विजय लामाले नेपालको डिजिटल पेमेन्ट क्षेत्रमा अग्रणी ई–सेवासँग जोडिन पाउँदा खुशी लागेको बताए । कार्यक्रममा एफवान सफ्टका सिइओ सुवास शर्मा, इसेवा टुर्सका निर्देशक मेख केसीले पनि अन्तराष्ट्रिय टिकटिङको क्षेत्रमा ई–सेवाले थप सहजता ल्याउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स