काठमाडौँ । एमसीसी प्रस्तावमाथिको सामान्य छलफल प्रस्ताव संसद्बाट पारित भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकले एमसीसीमाथिको छलफल प्रस्ताव पारित गरेको हो । साँझ ६.३० बजे दोस्रो चरणको बैठकले एमसीसी पास गर्नेछ ।
प्रस्तावमाथि संसद् रहेका सबै दलका केही सांसदले पाँच मिनेटको समय लिएर बोलेका थिए । सत्तारुढ सांसदमध्ये धेरैले प्रस्तावको पक्षमा बोलेका थिए । केहीले भने एमसीसीमाथि वृह्त छलफल र संशोधन आवश्यक रहेको धारणा राखेका थिए ।
प्रमुख प्रतिपक्षी दल एमाले सांसदले भने नाराबाजी गरेपनि एमसीसीमाथिको सामान्य छलफल प्रस्ताव पारित भएको हो ।