दुई चरणमा बैठक बसेर आजै एमसीसी पास गर्ने निर्णय

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) प्रतिनिधिसभाबाट आजै पास गर्ने सत्ता गठबन्धनमा सहमति भएको छ । आइतबार प्रतिनिधिसभाको दोस्रो बैठक राखेर एमसीसी अनुमोदन गर्न गठबन्धनमा सहमति जुटेको हो ।

आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकले एमसीसीलाई इण्डोप्यासिफिक रणनीति अन्तर्गत नभई आर्थिक सहयोगका रुपमा व्याख्या गर्दै पहिलो चरणको संसद बैठकमा एमसीसी सम्झौतासहित व्याख्यात्मक घोषणा प्रस्ताव पेश गर्ने र त्यसपछि दोस्रो पटक बैठकमा अनुमोदन गर्ने निर्णय भएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलल बालुवाटार बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए ।

अन्ततः माओवादी झुक्यो, एमसीसी अनुमोदन गर्ने भयो निर्णय

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स