अन्ततः माओवादी झुक्यो, एमसीसी अनुमोदन गर्ने भयो निर्णय

काठमाडौं । अन्तत नेकपा माओवादी केन्द्र एमसीसी अनुमोदन गर्ने पक्षमा पुगेको छ । लामो विचार विमर्श पछि अमेरिकी सहयोग परियोजना (एमसीसी)मा व्याख्यात्मक घोषणासहित संसद्बाट अनुमोदन गर्ने निर्णय गरेको छ ।

आइतबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बसेको नेताहरूको बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको बालुवाटार उच्च स्रोतले जानकारी दिएको छ ।

यसअघि माओवादीले संशोधनविना एमसीसी अनुमाोदन नगर्ने अडान लिँदै आएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेकाे सत्ता गठबन्धनको बैठकले एमसीसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको हो  । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद बैठकबाट एमसीसी आजै अनुमोदन गर्ने निर्णय बैठकले गरेको जानकारी दिए ।

एकीकृत समाजवादीका नेता माधव कुमार नेपाल सत्ता गठबन्धनको बैठकबाट छिट्टै बाहिरिएका थिए । अहिले एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी छ ।

सडकलाई रणभूमी नबनाउ, एमसीसीलाई निकास देऊ

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स