पुराना नोटबाट ब्रिकेट बनाइने, आगो ताप्न, खाना बनाउन , उद्योग कलकारखाना चलाउन इन्धनको रुपमा प्रयोग हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले काम नलाग्ने पुराना नोटहरु नष्ट गरेर त्यसलाई अत्याधुनिक मेसिनद्वारा ब्रिकेट बनाउने प्रविधि भित्राएको छ । पहिले नोटहरुलाई आगोले जलाएर नष्ट गर्ने गरेकोमा अब उक्त मेसिनले ती नोटहरुबाट ब्रिकेट उत्पादन गर्ने छ ।

उक्त ब्रिकेटबाट अब हामीले आगो ताप्न, खाना बनाउन , उद्योग कलकारखानालाई समेत इन्धनको रुपमा प्रयोग गर्न सकिनेछ ।

यसरी नोट धुल्याउने कार्यलाई आधुनिकीकरण र यान्त्रिकीकरण गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको बैंक नोट सेडिङ एण्ड ब्रिकेटिङ सिस्टम (बीएसबीएस) को विराटनगर कार्यालयमा सञ्चालनमा ल्याइएको छ ।

गत आर्थिक वर्षमै ल्याएको सो नोट धुल्याउने मेसिन (बीएसबीएस) को शुभारम्भ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका छन् । उनले शुक्रबार राष्ट्र बैंकको प्रादेशिक कार्यालय विराटनगरमा बीएसबीएस मेसिनको ‘स्विच अन’ गरेर औपचारिक शुभारम्भ गरेका हुन् ।

चलनचल्तीको निम्ति अयोग्य ठहरिएका नोटलाई जलाएर नष्ट गरिँदै आइएकोमा बीएसबीएस मेसिनको प्रयोगमार्फत स–साना टुक्रा बनाउने र स्वचालित प्रविधिबाट ब्रिकेट उत्पादन गर्ने उद्देश्यले उक्त प्रणाली अवलम्बन गरिएको राष्ट्र बैंकले बताएको छ ।

बजारमा चलनचल्तीका ब्रिकेट खुद्रामा प्रतिगोटा सय रुपैयाँदेखि ५ सय रुपैयाँसम्म पाइन्छ । नोट धुल्याएर बनाइएको ब्रिकेटको प्रयोग सर्वसाधारणले समेत सोही मूल्य हाराहारीमा किनेर गर्न पाइने बताइएको छ ।

नोटबाट बनाइएको सो ब्रिकेटको राष्ट्र बैंकले प्रयोगमा पठाएसँगै हामी सर्वसाधारणले अबौं नोटबाट बनेको ब्रिकेट रुपैयाँमा खरिद गर्न सकिने छ ।

बीएसबीएस मेसिनले कटन, पोलिमरलगायत सबै किसिमका बैंक नोटका प्याकेट र बन्डललाई टुक्र्याएर ब्रिकेट तयार गर्दछ । उक्त मेसिनमा दुई वटा खण्ड रहन्छन् ।

पहिलो खण्डले नोटलाई टुक्र्याउने कार्य गर्छ भने दोस्रो खण्डले टुक्र्याइएको नोटबाट ब्रिकेट तयार गर्छ । उक्त मेसिनमा एक पटकमा २०० केजीसम्म नोट राख्न सकिन्छ र मेसिनले प्रतिघण्टा १०० केजी नोटलाई टुक्र्याउने क्षमता राख्छ ।

यस्तो ६ मि.मि. हुनेछ । यसरी टुक्र्याइएको नोटलाई प्रतिघण्टा २०० केजीको दरले प्रशोधन गरी ब्रिकेट तयार गर्न सकिन्छ ।

बीएसबीएस मेसिनलाई प्रतिवर्ष एक हजार घण्टासम्म सञ्चालन गर्न सकिनेछ । यस्तो ब्रिकेट ईंटाभट्टा, कागज कारखाना, कोइला प्रयोग गरिने उद्योगसँगै घरायसी प्रयोजनमा समेत उपयोगी हुने विश्वास लिइएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स