काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना खोप दिने योजना बनेको बताएको छ । त्यसका लागि यही साउन १५ गतेसम्म ३२ लाख भेरोसेल खोप नेपाल आइसक्नेछ ।
१८ वर्षभन्दा माथिका उमेर समूह सबै नेपालीलाई खोप लगाउन साउन १५ गतेसम्म ३२ लाख भेरोसेल खोप नेपाल आइसक्ने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
सरकारले हालै मात्र चिनियाँ कम्पनी सिनोफार्मसँग ४० लाख डोज खोपका लागि नन डिस्क्लोजेबल एग्रिमेन्ट गरेको थियो ।
त्यसअनुसार ८ लाख डोज खोप आइसकेको छ भने साउन ६ गतेदेखि थप खोप आपूर्ति हुनेछ ।
पहिलो डोज लगाएका ६५ वर्षभन्दा माथिका नागरिकका लागि छिट्टै दोस्रो डोज खोप दिने योजना छ । मन्त्रालयका सह–प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हामी सबैले खोप लगाउन पाउने छौं,’ उनले भने ।’