‘पतञ्जलि योग सूत्र’ को नेपाली भाषामा अनुवादित पुस्तक विमोचन

काठमाडौं । द आर्ट अफ लिभिङ विक्रम सम्बत् २०६० सालमा नेपालमा दर्ता भई सेवारत सामाजिक संस्था हो । यसले तनावमुक्त मन र हिंसामुक्त समाज भन्ने आफ्नो उद्धेश्य हासिल गर्न विभिन्न सेवामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
यस संस्थाले तनाव व्यवस्थापन सम्बन्धि विभिन्न तालिमहरू सञ्चालनको साथै द्वन्द्वयुक्त क्षेत्रमा शान्ति कायम गर्ने लगायत भूकम्प तथा कोरोना संक्रमण जस्ता विपत्कालीन समयमा अग्रपंक्तिमा रहेर सेवा गर्दै आएको छ ।

साथै पूर्वीय दर्शन र संस्कृतिमा आधारित विभिन्न ज्ञान संप्रेषण गर्नका लागि समय–समयमा गुरुदेव श्री श्री रविशंकरज्यू बाट प्रदान भएका ज्ञानसम्बन्धी जीवनोपयोगी पुस्तक प्रकाशन गरी वितरण गर्दै आएको छ। यस क्रममा मिति २०७८।११।९ गते सोमबारका दिन श्री श्री रवि शंकरज्यूद्वारा व्याख्या गरिएको ‘पतञ्जलि योग सूत्र’ को नेपाली भाषामा अनुवादित पुस्तक विमोचन गरिएको थियो ।

‘पतञ्जली योग सूत्र’ महर्षि पतञ्जलिले मानव चेतनाको उच्चतम अवस्था हासिल गर्ने तरिकाको रूपमा उल्लेख गरेका संक्षिप्त सूत्रहरूको संकलन हो। यिनै सूत्रहरूको वारेमा श्री श्री रवि शंकरज्यूले ज्ञानबद्र्ध्धक व्याख्या गर्नुभएको थियो। यस पुस्तकमा योगको अनुशासन, समाधि, ईश्वर, क्रियायोग, दुःखका कारण र यसबाट मुक्तिका उपाय, अष्टाङ्ग–योग आदि विषयमा सरल व्याख्या गरिएको छ ।

उक्त व्याख्यामा आधारित अंग्रेजी पुस्तक आर्ट अफ लिभिङका प्रशिक्षक सूर्य पराजुलीले नेपाली भाषामा अनुवाद गरेका थिए । द आर्ट अफ लिभिङ नेपालले प्रकाशन गरेको यस पुस्तकलाई नेपाल भाषा प्रज्ञा प्रतिष्ठानका कुलपति तथा साहित्यकार शताब्दि–पुरूष श्री सत्यमोहन जोशी, श्री श्री स्कूल अफ योगका निर्देशक दिनेश काशीकर र आर्ट अफ लिभिङका प्रशिक्षक माधव नेपालले गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स