काठमाडौं । स्वास्थ्य बिमा बोर्डको परीक्षा यही फागुन २१ गते हुने भएको छ ।
बोर्डले मंगलबार एक सूचना प्रकाशित गरि बोर्डको (नासु वा पाँचौं तहसरह) को परीक्षा मिति र समय तोकेको हो ।
त्यसका लागि बोर्डले तीनवटा परीक्षा केन्द्र तोकेको छ ।
परीक्षामा सहभागी हने उमेदवारले फोटो, ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र, समकक्षता वा अरू विवरण छुटेको भए यही फागुन १२ गतेभित्र पेस गर्नुपर्ने छ ।
आवश्यक कागजात पूरा नभए आवेदनहरु अस्वीकृत हुने सूचनामा उल्लेख छ ।