थप २,६२४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप २,६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ८,६६७ एन्टिजेन परीक्षणमा १,९४७ र ४,९०६ एन्टिजेन परीक्षणमा ६७७ जना गरी २,६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार २५९ पुगेको छ ।

योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ८० हजार ८१५ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ४०५ रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स