पोखरा अहिलेसम्म कै बढी असिना पर्यो, जनजीवन प्रभावित (हेनुस् फोटोमा)

काठमाडौं । पोखरामा आज ठूलोमात्रामा असिना परेको छ । असिनाका कारण जनजीवन अस्तव्यस्त बनेको छ भने कृषि बाली असिनाको कारण नष्ट भएको छ । सम्भवत आज परेको असिना अहिलेसम्मकै धेरै बढी भएको आकलन स्थानीय बासीले गरेका छन् । अत्याधिक मात्रामा परेको असिनापानीका कारण सर्वसधारणहरु घरभित्रै थुनिएका छन् ।

पोखराको सडकमा तीन फिटसम्म असिना जमेका कारण सडकहरू अवरुद्ध हुन पुगेका छन् । स्थानीयबासीले पोखरामा यति धेरै असिना पानी परेको कहिल्यै नदेखेको बताइरहेका छन् ।

दिउँसो १ बजेदेखि असिना पर्न सुरु गरेकामा साँझ साढे ४ बजेसम्मनै निरन्तर पर्दा पोखराका अधिकांश सडकहरु असिनाले सेताम्मे भएका छन् । सडकमा बाक्लो असिना जमेको छ ।

पोखराका सडकहरुमा बाक्लो असिनाका कारण यातायात अवरुद्ध भएर ट्राफिक जाम भएको थियो । फागुनको पहिलो सातामै परेको असिनाले हिउँदे र बेमौसमी तरकारी तथा थन्काउने बेलाको आलुमा नोक्सानी पुगेपछि कृषक मर्कामा परेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स