महानगरको सबै वडा कार्यालयहरुमा एनआईसी एशिया बैंकको एक्टेन्सन काउण्टर

काठमाडौं । काठमाडौं महानगरपालिकाको सबै वडा कार्यालयहरुमा एनआईसी एशिया बैंकको एक्टेन्सन काउण्टर खुल्ने भएको छ ।

महानगरले एनआईसी एशिया बैंकको एक्टेन्सन काउण्टर खोल्न सबै वडा कार्यालयहरुको नाममा आज (आइतवार) परिपत्र जारी गरेको हो । उक्त परिपत्रमा महानगरपालिका र एनआईसी एशिया बैंक बिच सम्झौता भई २०७८ साल पौष १ गतेदेखि बैंकिङ्ग कारोवार हुदैं आएको जनाइएको छ ।

सम्झौता अनुसार महानगरपालिका अन्र्तगतका सबै वडा कार्यालयहरुमा छुट्टा छुट्टै एक्टेन्सन काउण्टरहरु खोलिने उल्लेख छ । एक्टेन्सन काउण्टर खोल्नका लागि सम्भव भएसम्म आफ्नै वडा कार्यालयमा स्थान उपलब्ध गराउने र सम्भव नभएमा सम्वन्धित वडा कार्यालयको सहमतिमा निकट र उपयूक्त स्थानमा बैंक आफैले भाडामा लिई काउण्टर संचालन गर्नु पर्नेछ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/02/kathmandu-metro-and-NIC-Asia.png”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स