‘खल्ती’ बाट निःशुल्क मेरो सेयर खाता नवीकरण गर्न सकिने

काठमाडौं । खल्ती डिजिटल वालेटले निःशुल्क मेरो सेयर खाता नवीकरण अफर ल्याएको छ ।

लगानीकर्तालाई सेयर बजारमा प्रवेश गर्न प्रोत्साहन मिल्ने विश्वासका साथ खल्तीले निःशुल्क मेरो सेयर खाता नवीकरण अफर ल्याएको हो ।

यो अफर अन्तर्गत मेरो सेयर खाता नवीकरण गर्न छुटेकाहरूले मात्र होइन, नवीकरण गरिसकेकाहरूले पनि अर्को वर्षको नविकरण गर्न सक्ने खल्तीले जनाएको छ।

प्रयोगकर्ताले मेरो सेयर खाता नवीकरणको लागि ५० रूपैयाँ शुल्क लाग्ने गरेको छ।

खल्तीका अनुसार यस अफर अन्तर्गत खल्ती मार्फत भुक्तानी गर्दा भने १००% क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

यसमा अधिकतम क्यासब्याक १ वर्षको नविकरण रहेको छ तर प्रयोगकर्ताहरूले आगामी पाँच वर्ष सम्मको लागि नै आफ्नो अकाउन्ट नवीकरण गर्न सक्नेछन् प्रत्येक खल्ती आइडीले यो अफर एक पटक मात्र लिन सक्नेछन्।

यो अफर चैत २, २०७८ गते सम्म लागु हुनेछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स