काठमाडौं । सरकारले नेपाल प्रहरीमा जनपदतर्फ तीन वटा प्रहरी (एआईजी)को दरबन्दी थप्ने निर्णाय गरेको छ ।
आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले जनपदतर्फ तीन जना एआईजी थप्ने निर्णय गरेको हो ।
प्रहरीमा हाल जनपदतर्फ ५ जना एआईजी छन् । तीनजना थपिएसँगै एआईजीको संख्या आठ पुग्नेछ ।