एमसीसी विरुद्ध आन्दोलन गर्ने ४२ जना पक्राउ

काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एससीसी) सम्झौता संसदमा टबल गर्न लागेको विरोधमा काठमाडौंमा बुधबार प्रदर्शन भएको छ ।

एमसीसीको विरोधमा उत्रेकालाई प्रहरीले धरपकड, पानीको फोहोरा, लाठी चार्च र गिरफ्तार गरेको छ । प्रहरीको धरपकडबाट केही आन्दोलनकारी घाइते पनि भएका छन् ।

प्रहरीले अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीसहित ४२ जना नेता कार्यक्रता पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनेरास्ववियूका उपाध्यक्ष हिरेन्द्र शाही, उपमहासचिव महेश श्रेष्ठ, अशोक थापा, मेघनाथ चापागई, भुपेन्द्र शाह, मिलन राई, संगिता रानामगर, मनिषा कार्कीलगायत ४२ जना पक्राउ परेका हुन् । उनीहरुलाई पक्राउ गरि महेन्द्र पुलस क्लबमा राखिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स