अब ‘खल्ती’ डिजिटल वालेटबाट ब्लुबुक नवीकरण शुल्क तिर्न सकिने, यस्तो छ प्रक्रिया

काठमाडौं । खल्ती प्रयोगकर्ताहरुले अब आफ्नो खल्ती डिजिटल वालेटबाट ब्लुबुक नवीकरण शुल्क तिर्न सक्ने भएको छ । खल्तीले निजी सवारी साधन भएका प्रयोगकर्ताहरुका लागि यस्तो सुविधा ल्याएको हो ।

योसँगै, अब आफ्नो ब्लुबुकको शुल्क बिना कुनै झन्झट अनलाइनबाटै बिल तिर्न सकिने छ । यो सेवा बागमती प्रदेशका खल्ती प्रयोगकर्ताहरुले मात्र पाउने भएका छन् । त्यस्तै, आगामी दिनमा यो सुविधा देशभरि उपलब्ध गराइने छ।

यस्तो छ प्रक्रिया

प्रयोगकर्ताहरुले भुक्तानी गर्नु पुर्व सर्वप्रथम आफ्नो सवारीको सम्पूर्ण आवश्यक विवरणहरू अनलाइन भेहिकल रजिष्ट्रेसन सिस्टम (भीआरएस) मा दर्ता गर्नुपर्ने हुन्छ । यो कार्य नागरिक एप या यातायात व्यवस्थापन सूचना प्रणालीको वेबसाइट मार्फत सहजै गर्न सकिन्छ । यसरी गरिएको दर्ता नेपाल सरकारद्वारा मान्यता प्राप्त हुन्छ ।

एक पटक दर्ता प्रक्रिया पूरा भएपछि प्रयोगकर्ताहरूले विभिन्न चरणहरू प्रयोग गरेर नवीकरण ब्लुबुक गर्न सक्छन् । पहिला खल्ती एप भित्र भएको गभरमेन्ट सर्विसेस् मा रहेको ‘ब्लुबुक रिन्यु’ मा नवीकरणमा ट्याप गर्ने र त्यसपछि आवश्यक विवरणहरू भरि भुक्तानी गर्ने खल्तीले जनाएको छ ।

नयाँ प्रयोगकर्ताले भुक्तानी गर्न साथ आफूले नवीकरण गरेको ब्लुबुकको बिल तुरुन्तै खल्तीमा प्राप्त हुनेछ भने भीआरएसद्वारा उपलव्ध गराईने बिल प्रयोगकर्ताहरुले १० मिनेटमा खल्तीबाटै प्राप्त गर्नेछन् ।

खल्ती होमपेजको ट्रान्ज्याक्शन मा गइ दुबै बिल प्राप्त गर्न सकिन्छ । थप प्रक्रियाको लागि ३० दिन भित्र सम्बन्धित सरकारी कार्यालयमा गई प्राप्त औपचारिक बिल पेश गर्नु पर्ने खल्तीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स