भारतका प्रसिद्व गायक तथा संगीतकार बप्पी लहरीको निधन

काठमाडौं । भारतका प्रसिद्व गायक तथा संगीतकार बप्पी लहरीको निधन भएको छ । उनको ६९ वर्षको उमेरमा मंगलबार राति ११ बजेतिर निधन भएको हो ।

उनलाई पछिल्लो एक महिनादेखि मुम्बईको क्रिटी केयर अस्पताल बिरामी भएर भर्ना गरिएको थियो ।

बप्पीलाई भारतमा ‘डिस्को किङ’ को उपनामले समेत चिनिने गरिन्छ ।

आफ्नो कार्यकालमा थुप्रै चर्चित गीत तथा संगीत रचना गरेका उनको ‘आई एम अ डिस्को डान्सर’, ‘यार विना चैन कहाँ रे’, ‘तम्मा तम्मा दे दे’ लगायतका गीत निकै चर्चित रहेका छन् ।

लहेरीको जन्म सन् १९५२ नोभेम्बर २७ मा वेस्ट बंगालमा भएको थियो ।

उनको पछिल्लो बलिउड गीत चलचित्र ‘बागी ३’का लागि थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स