त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान गर्ने यात्रुले टिकटको प्रिन्टेड वा डिजिटल कपी देखाउनु पर्ने

काठमाडौं । त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान गर्ने यात्रुले टिकटको प्रिन्टेड वा डिजिटल कपी देखाउनु पर्ने भएको छ । नागरिक उड्डयन कार्यालयले फागुन ७ गते शनिबारदेखि लागू हुनेगरि यस्तो व्यवस्था ल्याएको हो ।

यात्रुहरुले टिकटको पीएनआर कोड मात्र देखाउने गरेको र उक्त कोडमा यात्रुको पहिचान नखुल्ने भएकोले सुरक्षा संबेदनशीलतालाई मध्यनजर गरी उक्त व्यवस्था लागु गरेको हो ।

यस अघि टिकट नम्बर मात्र देखाएर विमानस्थल छिर्न पाउने व्यवस्था रहिआएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स