काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमा काठमाडौंमा ७९९, भक्तपुरमा १६२ र ललितपुरमा १२८ जना संक्रमित थपिएको हो ।
योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या ११ हजार ५९६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ ।