थप ११२८ जनामा कोरोना संक्रमण पुष्टि, १४ जनाको मृत्यु

काठमाडौं । देशभर थप ११२८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १७ हजार ४४७ पीसीआर परीक्षण गर्दा ६६६ जना, ३ हजार ५४२ एन्टिजेन परीक्षण गर्दा ४६२ जना गरी कुल ११२८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण १४ जनाको मृत्यु भएको छ ।

त्यस्तै, दुई हजार २१५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स