काठमाडौं । ललितपुर महानगरपालिकाले रिङरोड खण्डमा साइकल लेन बनाउनका लागि सोमबार टेण्डर आह्वान गरेको छ ।
महानगरपालिकाले सोमबार एक सूचना जारी गरि एक करोड ९४ लाख रूपैयाँ बराबरको टेण्डर आह्वान गरेको हो ।
महानगरपालिकाले यसअघि नै भएका साइकल लेनमा पुनः रंग लगाउन पनि टेण्डर आह्वन गरिएको सूचनामा उल्लेख गरिएको छ ।