बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । शुक्रबार छापावाला सुनको मुल्य ३ सय रूपैयाँले बढेको छ ।

बिहिबार, सुन प्रतितोला ८९ हजार ४ सय रुपैयाँ कायम भएकोमा आज भने ३ सय रूपैयाँले बढेर ८९ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार २ सय ५० रुपैयाँ कायम भएको छ ।

साथै, बिहिबार चाँदी प्रतितोला ११ सय ९० रूपैयाँ कायम भएकोमा आज भने ५ रूपैयाँले घटेर ११ सय ८५ रूपैयाँ मूल्य कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स