काठमाडौं । गृह मन्त्रालयले औषधी जन्य प्रयोगका लागि गाँजा खेती गर्न मिल्ने तयारी गरेको छ ।
मन्त्रालयले औषधी जन्य प्रयोगका लागि ६ महिनाभित्र कार्यविधि ल्याउने तयारी गरेको हो ।
यसपछि कार्यविधि अनुसार सरकारसँग अनुमति लिएर औषधी जन्य प्रायोजनका लागि गाँजा खेती गर्न सकिने छ ।
लागूऔषध ऐनले औषधी जन्य प्रयोजनका लागि गाँजालाई प्रयोग गर्न मिल्ने विषयमा बताएको छ ।