जोरबिजोर प्रणाली पूर्ण रुपमा हट्यो, फागुन १ देखि विद्यालय सञ्चालन(सूचनासहित)

काठमाडौं । आज सोमबारदेखि काठमाडौं उपत्यकामा जोर बिजोर प्रणाली हटेकोे छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को सिफारिस अनुसार काठमाडौं, भक्तपुर र ललितपुरको प्रशासन कार्यालयले आइतबार मध्यरातिदेखि सवारी साधनमा जोर बिजोर हटाउने निर्णय गरेको हो ।

यसकासाथै फागुन १ गतेदेखि विद्यालयहरु पनि भौतिक उपस्थितिमै सञ्चालनमा आउने र परीक्षाहरु जेड आकारमा सञ्चालन गर्न सकिने छ ।

घरबाट बाहिर निस्किदा अनिवार्य रुपमा खोपकार्ड राख्नु पर्नेछ । खोपकार्ड मोबाइलमा फोटोका रूपमा भए पनि हुनेछ ।

सपिङ मल, डिपार्टमेन्टल स्टोर, सुपर मार्केट र सबै प्रकारका पसल एक पटकमा ५० जनाभन्दा बढी भेला हुन पाइने छैन । पार्टी प्यालेसमा एक पटकमा कुल क्षमताको ५० प्रतिशत वा पूर्ण खोप लगाएका १ सय जनामा नबढ्ने गरी मात्र उपस्थित गराउन समेत प्रशासनले निर्देशन दिएको छ ।

विदेशबाट नेपाल आउँदा वा कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूले नेगेटिभ रिपोर्ट भएतापनि कम्तिमा पाँच दिन अनिवार्य रुपमा होम क्वारेन्टाइनमा बस्नु पर्नेछ ।

सरकारी कार्यालय र व्यवसायिक स्थलहरूमा मास्कको अनिवार्य प्रयोग गर्नु पर्नेछ भने मास्क नलगाइ आएमा व्यवस्थापकले पाँच रुपैयाँ लिई मास्क उपलब्ध गराउन पर्नेछ । मास्क नलगाउनेलाई कार्यालय वा पसलमा प्रवेश नदिन पनि प्रशासनले निर्देशन दिएको छ ।

कोरोनाको रोकथाम, नियन्त्रण, उपचार र आम नागरिकले जनस्वास्थ्यको पूर्ण रुपमा पालना गर्नुपर्ने तथा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नु पर्ने समेत सूचनामा उल्लेख गरिएको छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/02/cdo.jpg”]

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स