काठमाडौं। नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजको इन्जिन लिजको ठेक्का एवियोनलाई दिएको छ ।
दोहामा एक महिना अगाडिदेखि ग्राउण्डेड रहेको न्यारोबडी जहाजको इन्जिन मर्मतको लागि लगिने भएको हो ।
निगमको इन्जिन मर्मत सम्भार तीन महिनाका लागि करिब ९ करोड रुपैयाँमा कम्पनीसँग लिजमा लिइएको हो ।
एवियोनले उपलब्ध गराउने इन्जिनमार्फत उडान सुरु हुने बताइएको छ।
टेन्डर अवार्ड भइसकेको छ। टेण्डर अवार्ड भएको पाँच दिनमै कम्पनीले इन्जिन उपलब्ध गराउने छ ।