नेपाल चाटर्ड एकाउन्टेन्ट्स संस्था २५ औं बर्षमा प्रवेश

काठमाडौं । नेपाल चाटर्ड एकाउन्टेन्ट्स संस्थाको २५ औं वार्षिकोत्सव तथा रजतजयन्ती समारोह विविध कार्यक्रमगरि सोेमबार ललितपुर स्थित संस्थाको केन्द्रिय कार्यालयमा सम्पन्न भएको छ ।

मुलुकमा लेखाब्यवसायको विकास र नियमनगर्न सहयोग पुर्याउने उद्धेश्यले वि.स २०५३ सालमा स्थापित यस संस्थाको वार्षिकोत्सव तथा रजतजयन्ती समारोहको उद्घाटन संस्थाका अध्यक्ष युद्ध राज ओलीले पानसमा दीपप्रज्वलन गरि गरेका थिए ।

उक्त कार्यक्रमका सभापती तथा संस्थाका अध्यक्ष सीए.युद्ध राजओलीले सम्पूर्ण अतिथीहरुलाई स्वागत गर्दै संस्थाको आ.व. २०७७।७८ को वार्षिक प्रतिवेदन समेत प्रस्तुत गरेका थिए ।

मन्तव्यको क्रममा उनले संस्थालाई यस अवस्था सम्म ल्याइपुर्याउन महत्वपूर्ण भूमिका खेल्नु हुने सवैलाई धन्यवाद ज्ञापन गर्दै यसअघिका नेतृत्वले देखाएको वाटोलाई अनुसरण गर्दै अघि बढ्ने प्रतिवद्धता ब्यक्त गरे ।

उक्त समारोहको प्रमुख अतिथी माननिय महालेखा परीक्षक टंकमणी शर्मा दंगालले नेपाल चाटर्ड एकाउन्टेन्ट्स संस्थाको २५ औं वार्षिकोत्सव तथा रजतजयन्ती को उपलक्ष्यमा संस्थावाट प्रकाशित स्मारिका तथा संस्थाको रणनीतिक योजना विमोचन गरेका थिए ।

साथै आफ्नो शुभकामना मन्तव्यको क्रममा मुलुकको आर्थिक अनुशासन र वित्तीय पारदर्शिता कायम गर्न लेखाव्यवसायीको भूमिका महत्वपूर्णहुने भएकोले यसतर्फ दत्तचित्त भएर लाग्न सम्वद्ध लेखाब्यवसायीहरुलाई आग्रह गरेका थिए । विश्वसामु उत्कृष्ट लेखाब्यवसायी संस्थाहुन नेपाल चाटर्ड एकाउन्टेन्ट्स संस्थालार्ई सुझावदिँदै महालेखापरीक्षक शर्माले लेखाव्यवसायको लागी आवश्यक दक्षजनशक्तिको विकासमा ध्यानदिन समेत आग्रह गरे ।

मुलुकमा वित्तिय पारर्दशिता तथा सुशासन कायमगर्न तर्फ लेखाब्यवसायीहरुले ध्यानदिन सक्नुपर्ने खाँचो समेत उनले औंल्याए । लेखाब्यवसायका बिषयमा कहिलेकाहीँ गुनासो आउने गरेको उल्लेख गर्दै उनले लेखाब्यवसायीलाई कामप्रति जिम्मेवार वनाउन समेत आग्रह गरे । मुलुकका धेरै आर्थिक क्रियाकलाप अहिले डिजिटल प्रीवधिवाट हुने गरेको उल्लेख गर्दै लेखाव्यवसायमा प्रविधिको अधिकतम प्रयोगमा ध्यानदिन पनि सुझाव दिए ।

त्यसक्रममा संस्थाकापुर्व अध्यक्ष तिर्थराज उपाध्याय, उपाध्यक्ष भाष्करसिंह लाला, संस्थाका कार्यकारी निर्देशक सन्जयकुमार सिन्हालगायतले संस्थाका विविध पक्षबारे प्रकाश पारे । संस्थाका निर्देशक विनोद न्यौपानेले सञ्चालन गरेको सो कार्यक्रममा संस्थाको बार्षिक प्रतिवेदन र संस्थाको रणनीतिक योजना सार्वजनिक गर्नुका साथै संस्थाको स्मारिका समेत विमोचन गरिएको थियो ।

कार्यक्रममा संस्थाको स्थापना, विकास तथा यसका गतिविधिहरुमा उत्कृष्ट योगदान पु¥याउनुहुने संस्थाको अन्तरिम तथाप्रथम परिषदकाअध्यक्ष स्व.कोमलवहादुर चित्रकारलाई मरणोपरान्त विशेष सम्मान गरिएको थियो भने आठौं परिषदका अध्यक्षहरु सिए जगन्नाथ उपाध्याय निरौला, सिए कृष्णप्रसाद आचार्य र सिए मदनकृष्ण शर्मालाई सम्मान गरिएको थियो । यस्तै संस्थामा अनबरत २० बर्ष भन्दा बढी सेवा गरेका कर्मचारीहरुलाई दिर्घसेवापदक प्रदान गरिनुका साथै उत्कृष्ट रुपमाकार्य गर्ने कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था नेपालमा लेखाब्यवसायको विकास, संरक्षण र संवद्र्धन गर्नकालागि नेपाल चाटर्ड एकाउन्टेन्ट्स ऐन २०५३ अन्तर्गत स्थापित एक स्वायत्त र नियमनकारी निकाय हो । यस संस्थाले उल्लेखित ऐन र सो ऐन अन्तर्गत बनेको नेपाल चाटर्ड एकाउटेन्टस् नियमावली २०६१ को अधिनमा रही नेपालभित्र लेखाब्यवसायको प्रवद्र्धन, जनशक्तिउत्पादन, र लेखाब्यवसायलाई नियमनगर्ने जस्ता कार्य गर्दै आएको छ ।

संस्थामा हालसम्म १७२९ जना चार्टर्ड एकाउन्टेन्ट्स सदस्यहरु र ख, ग र घ वर्ग गरी कुल ७२३६ जनादर्तावाला लेखापरीक्षक सदस्यहरु आवद्ध छन् । संस्थाले हालसम्म ६३२ जना चाटर्ड एकाउन्टेन्ट्सहरु उत्पादन गरिसकेको छ भने चार्टर्ड एकाउन्टेन्सी शिक्षाको विभिन्नतहमा १२ हजार भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स