सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्षसहित १४ जना प्रदर्शनकारी पक्राउ

काठमाडौं । संघीय वन नियमावलीको मस्यौदा खारेज गर्न माग गर्दै वन परिसर बबरमहलमा प्रदर्शन गर्ने प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदर्शनमा सहभागीहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको हो ।

सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल (फेकोफन)ले नियमावलीको मस्यौदा सामुदायिक वन अधिकार विरोधी रहेको भन्दै आज विहान प्रदर्शन गरेको थियो । भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा उनीहरूलार्य राखिएको छ ।

फेकोफनका सचिव ठाकुर भण्डारीले आफूहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएका छन् । उनका अनुसार प्रहरीले फेकोफनका अध्यक्ष भारती पाठकसहित १४ जनालाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएकाहरुमा अध्यक्ष भारती पाठक, महासचिव बिर्ख बहादुर शाही, सचिव ठाकुर भण्डारी, कोषाध्यक्ष पार्वता गौतम, सचिवालय सदस्य डोलकुमारी सापकोटा, ललितपुर जिल्ला अध्यक्ष प्रेम घिमिरे, उपाध्यक्ष केशवराज गिरी, सिन्धुपाल्चोकका सचिव दयालक्ष्मी श्रेष्ठ, ललितपुरका सहदेव न्यौपाने लगायत छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स