पूर्वप्रधानमन्त्री केपी ओली विरुद्ध भक्तपुर जिल्ला प्रशासन कार्यालयमा उजुरी

काठमाडौं । भक्तपुर प्रशासन कार्यालयमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीविरूद्ध उजुरी दर्ता गरेको छ। पूर्वप्रधानमन्त्री ओली विरुद्ध संंक्रमण फैलाउन नहुने कसूरमा भक्तपुर जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्दा भएको सहायक प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन्।

उनी विरुद्ध उजुरी आएको भक्तपुर जिल्ला प्रशासन कार्यालयले पुष्टि गरेको छ । ‘उजुरी आएको छ दर्ता भएको छ,’ उनले भनिन्,‘ संक्रामक ऐन २०२० को संक्रमण फैलाउन नपाउने भन्ने व्यवस्था छ। पूर्वप्रधानमन्त्रीज्यू कार्यक्रममा जानुभयो भन्ने खालको उजुरी आएको हो।’

आज सोमबार संक्रमण फैलाउन नहुने कसूरमा अध्यक्ष ओलीविरूद्ध उजुरी दर्ता भएको हो । प्रशासन कार्यालयमा आइतबार नै संक्रमित हुँदाहुँदै पनि कार्यक्रममा सहभागी भएको भन्दै एक व्यक्ति उजुरी दिन पुगेका थिए। तर प्रमुख जिल्ला अधिकारी कार्यालयमा नहुँदा दर्ता भएको थिएन।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स