काठमाडौं । नेपालमा थप ३२६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख २५ हजार ७६९ जना पुगेको छ भने एन्टिजेन विधिबाट ७२ हजार ८८२ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३२ जनाले ज्यान गुमाएका छन् । योसँगै हालसम्म १० हजार २१२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार १८० रहेको छ ।