‘नेपालको आधिकारिक तथ्यांक : समस्या र पहिचान’ पुस्तक विमोचन

राष्ट्रिय योजना आयोगअन्तर्गतको केन्द्रीय तथ्यांक विभागले प्रकाशन गरेको ‘नेपालको आधिकारिक तथ्यांक ः समस्या र पहिचान’ पुस्तक विमोचन गरेकोे छ । विभागले आज भर्चुअल माध्यमबाट आयोजना गरेको कार्यक्रममा केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नवीनलाल श्रेष्ठ र त्रिभुवन विश्वविद्यालय केन्द्रीय तथ्यांक विभागका प्रमुख प्राडा गौरी श्रेष्ठले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका हुन् ।

कार्यक्रममा महानिर्देशक श्रेष्ठले मुलुक संघीयतामा गइसकेको अवस्थामा आधिकारिक तथ्यांक संकलन, सही उपयोग, तथ्यांकले समाजमा पार्ने प्रभावबारे पुस्तकमा राखिएकाले पुस्तक पठनीय भएको बताए । त्रिभुवन विश्वविद्यालयका विभागीय प्रमुख प्राडा श्रेष्ठले आधिकारिक तथ्यांक देश तथा विदेशमा काम लाग्ने भएकाले तथ्यांक संकलनमा चनाखो हुनुपर्ने बताए ।

नेपाल कमर्स क्याम्पसका उपप्राध्यापक डिलाराम भण्डारीले तथ्यांकको महत्व, यसको प्रयोग, नीतिनियम र राज्यले तथ्यांकसम्बन्धी अपनाउनुपर्ने रणनीतिका बारेमा सुझाव दिए । उनले सही तथ्यांक संकलन गर्नका लागि केन्द्रीय तथ्यांक विभाग, त्रिवि र नेपाल सरकारबीच सहकार्य हुनुपर्ने बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स