सत्तारुढ गठबन्धनबीच एमसीसी पास गर्ने जुट्यो सहमति

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट पारित गर्ने सहमति भएको छ । गठबन्धनको बैठकमा विमति नभएकाले यो सम्झौता अनुमोदन गरेर जाने बताइएको हो ।

सत्ता गठबन्धनको बैठकले सत्ता सञ्चालनका लागि गठित संयन्त्रका संयोजक, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी सम्झौता अनुमोदन गरेर जानुपर्ने प्रस्ताव गरेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पनि एमसीसी सम्झौतालाई अब धेरै तन्काएर राख्न नसकिने भन्दै अनुमोदन गरेर जान र गठबन्धनको निरन्तरताका लागि यस्ता मुद्दामा साझा धारणा बनाएर जान आग्रह गरेका थिए ।

वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको सरकारले २०७४ सालमा अमेरिकी सहायता निकाय एमसीसीसँग सम्झौता गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स