आजबाट काठमाडौं उपत्यकामा यी सवारीसाधनमा जोर बिजोर प्रणाली हट्यो

काठमाडौं । आजबाट काठमाडौं उपत्यकामा बस, माइक्रोबस र टेम्पोहरुमा जोर बिजोर प्रणाली हटेको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले ट्याक्सी र निजी सवारी साधनबाहेक अन्य सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

निजी सवारी साधान (दुई पांग्रेसहित) ट्याक्सीमा भने जोरबिजोर प्रणाली यथावत रहने छ ।

खाद्यान्न दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, पानी, अण्डा, माछामासु, पशुपक्षी, दाना, एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारीसाधान सञ्चालन गर्न पाइने छ ।

त्यस्तै, सवारी सञ्चालन गर्दा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन । लामो दूरीमा चल्ने सवारी साधानले बीच बाटोमा यात्रु चढाउन पाउने छैनन् ।

औषधि एवं स्वास्थ्य सामग्री बोकेका, एम्बुलेन्स, दमकल, शव वाहन, ग्यास, पेट्रोलियम पदार्थ बोकेका सवारी साधनमा जोरबिजोर प्रणाली लागु हुने छैन ।

सार्वजनिक सवारीमा भिड बढ्दा झनै जोखिम पनि बढेकाले जोरबिजोर प्रणाली हटाउने निर्णय भएको सीसीएमसीसीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स