काठमाडौं उपत्यकामा २ हजार ९४० जनामा कारोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा मात्र २ हजार ९४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमा काठमाडौंमा २ हजार १५३, भक्तपुरमा २६८ र ललितपुरमा ५१९ जना संक्रमित थपिएको हो ।

काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ५४ हजार ३५ पुगेको छ ।

देशभर थप ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण १० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स