पर्वतको मालढुङ्गामा अस्थायी प्रहरी पोष्टको स्थापना

पर्वत । कुश्मा नगरपालिका–१, मालढुङ्गामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ ।

पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बिहीबार आयोजित कार्यक्रममा उक्त पोष्टको उदघाटन गरेका थिए ।

मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करीडोरको मिलन बिन्दु रहेको सो स्थानमा बढ्दो जनघनत्वसँगै हुन सक्ने गैरकानूनी गतिविधि रोकथाम, लोकमार्गमा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरण गर्न र कालीगण्डकी नदीबाट हुन सक्ने गिट्टी बालुवाको अवैध उत्खनन् नियन्त्रण गर्न उक्त अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकी, कुश्मा नगरपालिका वडा नम्बर १ का कार्यबाहक वडा अध्यक्ष बीरेन्द्र रिजाल, मालढुङगा टोल सुधार समितिका अध्यक्ष र जनप्रतिनिधिहरुका साथै स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स