काँग्रेस भेलामा उठ्यो एमसीसी र सीमा नाका मिचिएको विषय

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको साझा न्यूनतम कार्यक्रममा अमेरिकी सहायता परियोजना, मिलिनियम च्यालेन्ज कर्पोरेसन, (एमसीसी) समेट्न नसकेको विषयमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा प्रश्न उठाएका थिए । मंगलबार संसदमा बोल्दै पूर्व प्रम ओलीले एमसीसीबारे सरकारलाई प्रश्न गरेका हुन् ।
नेपाली कांग्रेसका संस्थापन पक्षीय पदाधिकारी र पूर्वपदाधिकारीहरूको भेलामा फेरि काँग्रेसकै उपसभापति विमेन्द्र निधिले एमसीसीबारे प्रश्न उठाए । ‘एमसीसी र हुम्लामा चीनले सीमा अतिक्रमण गरेको बारेमा सरकारको साझा न्यूनतम कार्यक्रममा केही समेटिएन किन ?’, निधिको प्रश्न थियो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संशोधन नगरी एमसीसी अनुमोदन गर्न नहुने वकालत गर्दै आएका छन् । साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पनि प्रचण्ड एमसीसी संशोधन विना अनुमोदन गर्ने पक्षमा थिएनन् ।
निधिले एमसीसीको विषयलाई लिएर फेरि प्रश्न उठेपछि प्रधानमन्त्री देउवाले यस विषयमा ‘प्रचण्ड’ तयार नभएको जानकारी गराए । जवाफमा देउवाले भने, ‘सरकारको साझा न्यूनतम कार्यक्रममा एमसीसी राख्न खोजेको हो । तर प्रचण्डले मानेनन् ।’

निधिले भेलाम त्यतिमात्रै भनेन् ‘ पार्टीले गरेको स्थलगत रिपोर्टको प्रतिवेदनले चीन तर्फबाट सीमा अतिक्रमण भएको देखिएकाले यसबारे बोल्नुपर्नेमा जोड पनि दिए ।

भेलामा काँग्रेस नेता जीवनबहादुर शाही चीनले सीमा मिचिएको तथ्य झुटो भएमा आफैले राजनीति छोड्ने बताए । निधि र शाहीले प्रश्न उठाएपछि महामन्त्री पूर्णबहादुर खड्काले आश्वस्त पार्न खोजेका थिए । उनले यसबारे सरकारले उच्चस्तरीय टोली नै बनाएर काम अगाडि बढाउने बताए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स