कोरोनाका कारण एकै दिन १५ जनाको मृत्यु, ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। देशभर ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जना गरी ८ हजार १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण १५ जनाको मृत्यु भएको छ । हाल नेपालमा मृत्‍यु हुनेको संख्या ११ हजार ६८७ पुगेको छ ।

त्यस्तै, ५ हजार २९२ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ६२ हजार १०५ पुगेको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स