मन्त्री रामकुमारी झाँक्रीको आधा तलब पत्रकार विश्वकर्मालाई प्रदान

काठमाडौं । टिभी टुडेमा कार्यरत क्रियाशिल पत्रकार लाल बहादुर विश्वकर्माको गत बिहीवार विहान भएको असमायिक निधनप्रति शहरी विकास मन्त्री माननीय रामकुमारी झाँक्रीको विशेष ध्यानाकर्षण भएको छ ।

अछामको ग्रामीण क्षेत्रबाट आएर क्रियाशिल पत्रकारिता गरिरहेका लालबहादुर विकले थोरै पैसाको अभावमै ज्यान गुमाए भन्दा म मात्रै होईन सचिवालयको पुरै टिम स्तब्ध बनेको उनले बताइन् ।

सोही दुखद घडीलाई मध्यनजर गर्दै मन्त्री झाँक्रीले आफ्नो तलबको आधा रकम मृतक विश्वकर्माकी श्रीमतीको अछाममा रहेको नबिल बैँकको खातामा ट्रान्सफर गरिदिएकी छिन् ।

अस्पतालको लापरवाही र आर्थिक अभावकै कारण उनको मृत्यु भएको समाचारहरु प्रकाशित भईरहँदा त्यो विषयमा सम्बन्धित निकायले सत्यतथ्य बाहिर ल्याउने पहल गर्नुपर्नेमा पनि मन्त्री झाँक्रीको जोड दिएकी छिन् । अन्त्यमा, उनले मृतकप्रति श्रद्धाञ्जली सहित परिवारमा गहिरो समवेदना व्यक्त गरेकी छिन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स