बहराइनस्थित एनइसी मनी एक्सचेन्ज र जिएमइ रेमिटबीच रेमिट्यान्स सम्झौता

काठमाडौं । मनी एक्स्चेन्ज कम्पनी बहराइनस्थित एनइसी मनी एक्सचेन्ज र जिएमइ रेमिटबीच रेमिट्यान्स सम्झौता भएको छ । यसमार्फत बहराइनस्थित एनइसी मनी एक्सचेन्जका २१ वटा शाखाबाट सजिलैसँग नेपालमा रहेका आफन्तहरुलाई पैसा पठाउन सकिनेछ ।

उक्त सम्झौतामा जिएमइ रेमिटको तर्फबाट प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेल र एनइसी मनी एक्स्चेन्जको तर्फबाट निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत फुवाद दाउद नोनो ले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अन्तर्गत नेपालमा जिएमइ रेमिटसँग आवद्ध १५ हजारभन्दा बढी भुक्तानी केन्द्रहरुबाट सजिलै नगद भुक्तानी लिन सकिनेछ ।

साथै नेपालमा रहेका जुनसुकै बैंक तथा बित्तिय संस्थाहरुमा तुरुन्त रकम भुक्तानी लिन मिल्ने गरी रियल टाइम डिपोजिट गर्न सकिने र यसका साथै आइएमइ पे वालेट मा पनि सजिलै पैसा पठाउन र पाउन सकिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स